डिजिटल कर्णाली कन्क्लेभ २०२४ डिजिटल कर्णाली प्रदेशको परिकल्पनातर्फ सबै सम्बन्धित व्यक्तित्व र सरोकारवालाहरूलाई एकताबद्ध गर्ने पहल हो । कन्क्लेभ सम्बन्धित सरोकारवाला, नागरिक र दलहरूको सहभागितामा प्रदेशलाई डिजिटलाइजेसन गर्नेतर्फ आवश्यक छलफल र निष्कर्षमा केन्द्रित हुनेछ । यसमा मन्त्री, नीति निर्माता, आइटी प्रोफेसनल, उद्यमी, शिक्षाविद् लगायत सहभागी छन ।
"डिजिटल कर्णालीको लागि डिजिटलाइजेशन र विकासको तालमेल"
डिजिटल कर्णाली सम्मेलनको उद्देश्य कर्णाली प्रदेशका सरोकारवालाहरूबीचको सहकार्यलाई बढावा दिनु, प्रविधि पहलहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु, स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्नु, डिजिटल समावेशीकरणलाई प्रवद्र्धन गर्नु र सुशासनलाई बढावा दिनु रहेको छ ।
कन्क्लेभले विभिन्न क्षेत्रहरूमा डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिएर आर्थिक वृद्धिलाई अघि बढाउन मद्दत गर्दछ । यसले नयाँ व्यापार मोडेलहरू सिर्जना गर्न, नयाँ रोजगार सिर्जना गर्न र उत्पादन र प्रतिस्पर्धा बढाउन मद्दत गर्दछ ।
समावेशी विकासका लागि समाजका सबै पक्षहरूलाई डिजिटलाइजेसनले फाइदा पु¥याउँछ भन्ने सुनिश्चित गर्नु आवश्यक छ । त्यसकारण यस कन्क्लेभले कर्णालीको डिजिटल विकासका लागि भएका प्रयासहरूको सन्दर्भमा डिजिटल डिभाइडलाई कम गर्ने रणनीति, डिजिटल समावेशीका अवरोध सम्बोधन गर्ने र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने रणनीतिहरूमाथि छलफल गर्नेछ ।
डिजिटल कर्णाली कन्क्लेभले प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याएर सहकार्यलाई बढावा दिई विचार र उत्कृष्ट अभ्यासहरूको आदानप्रदानका लागि प्लेटफर्म उपलब्ध गराउँदै डिजिटल साक्षरतालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ । छलफल र प्रस्तुतिकरणमार्फत, सम्मेलनले डिजिटल साक्षरताको महत्त्वलाई वकालत गर्ने प्लेटफर्मको रूपमा काम गर्नेछ । नीति निर्माता, समुदायका नेतृत्व र जनताहरूबीच बढ्दो चेतनाले प्रादेशिकस्तरमा डिजिटल साक्षरता पहलका लागि ठूलो सहयोग पुग्ने छ ।
डिजिटल कर्णाली कन्क्लेभले नेटवर्किङ, ज्ञान, सहकार्य र विचारको आदानप्रदानका लागि प्लेटफर्म उपलब्ध गराएर उद्यमशीलता र इनोभेसनलाई बढावा दिन महत्वपूर्ण भूमिका खेल्ने छ । डिजिटल स्पेसमा सफलताका कथा, चुनौती र अवसरहरू हाइलाइट गर्दै सरोकारवालाहरूलाई काम गर्न र सम्बन्धित क्षेत्रमा सकारात्मक प्रभाव पार्न यसले उत्प्रेरित गर्नेछ । यो प्रयासले स्टार्टअपहरूलाई फस्टाउनका लागि सहयोगी वातावरण सिर्जना गर्न मद्दत गर्नेछ ।
यदि तपाईंसँग डिजिटल कर्णालीको लागि कुनै विचार वा पहलहरू छन् भने, कृपया डिजिटल कर्णाली कन्क्लेभ २०२४ मा प्रस्तुत गर्न विवरणहरू बुझाउनुहोस्।
डिजिटल नीति र नियमनः एक डिजिटल देशमा व्यक्ति र संस्थाहरूको गोपनीयता र साइबर सुरक्षा मजबुत बनाउँदै डिजिटल प्रविधिहरूको विकास तथा अवलम्बन र प्रवर्द्धन गर्ने सहायक नीति तथा नियमहरू हुनुपर्दछ ।
डिजिटल नेतृत्वः राष्ट्रको लागि डिजिटल नेतृत्वले समाजलाई रूपान्तरण गर्न डिजिटल प्रविधिहरूको सम्भावनाको गहिरो बुझाइ र यो सम्भावनालाई महसुस गर्न साहसी कार्यहरू गर्न दृढता चाहिन्छ । यसले महत्त्वाकांक्षी लक्ष्यहरू निर्धारण गर्ने, सरोकारवालाहरूलाई संलग्न गराउने र डिजिटल रूपान्तरणलाई स्तरमा चलाउन आवश्यक क्षमताहरू निर्माण गर्ने एजेन्डामा समावेश छ ।
डिजिटल सीपः एक डिजिटल राष्ट्रलाई डाटा एनालिटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र सफ्टवेयर विकास जस्ता डिजिटल प्रविधिहरूमा दक्ष जनशक्ति चाहिन्छ ।
डिजिटल साक्षरताः डिजिटल राष्ट्रका नागरिकहरू डिजिटल रूपमा साक्षर हुनुपर्छ, जसको मतलब उनीहरूसँग डिजिटल प्रविधिहरू प्रयोग गर्ने, डिजिटल सुरक्षा र गोपनीयता बुझ्ने र अनलाइन संसारमा नेभिगेट गर्ने सीपहरू आवश्यक हुन्छ ।
डिजिटल इनोभेसनः डिजिटल देशमा नवप्रवर्तनको संस्कृति हुनुपछर्, जसले नयाँ डिजिटल प्रविधिहरूको विकास र विचार र दृष्टिकोणहरू अपनाउन प्रोत्साहित गर्दछ ।
डिजिटल उद्यमशीलताः डिजिटल उद्यमशीलता डिजिटल अर्थतन्त्रमा नयाँ अवसरहरूको पहिचान र खोज गर्ने क्षमता हो । एक डिजिटल राष्ट्रलाई उद्यमशीलताको संस्कृति चाहिन्छ, जसले नवप्रवर्तन र जोखिम लिन प्रोत्साहित गर्छ ।
डाटा व्यवस्थापन र विश्लेषणः डिजिटल प्रविधिहरूले ठूलो मात्रामा डाटा उत्पन्न गर्दछ, जुन निर्णय लिने र नवीनतालाई ड्राइभ गर्न प्रयोग गर्न सकिन्छ । एक डिजिटल देश अन्तर्दृष्टि प्राप्त गर्न र मूल्य सिर्जना गर्न प्रभावकारी रूपमा डाटा व्यवस्थापन तथा विश्लेषण गर्न सक्षम हुनुपर्छ ।
डिजिटल पूर्वाधारः डिजिटल सक्षम देशसँग भरपर्दो, उच्च–गतिको इन्टरनेट जडान तथा डिजिटल उपकरण र प्लेटफर्महरूमा पहुँच प्रदान गर्ने बलियो र कार्य गर्ने डिजिटल पूर्वाधार हुनुपर्छ ।
डिजिटल कनेक्टिभिटीः डिजिटल कनेक्टिभिटी आजको संसारमा बढ्दो महत्त्वपूर्ण आवश्यकता भएको छ । यद्यपि, अपर्याप्त पूर्वाधार, भौगोलिक अवस्था, उच्च लागत, डिजिटल सीपको अभाव जस्ता कारकहरूका कारण अझै पनि नेपालका धेरै भागहरू छन, जहाँ डिजिटल कनेक्टिभिटी सीमित छ ।
डिजिटल सरकारः डिजिटल राष्ट्रको लागि डिजिटल सरकार भनेको सरकारले आफ्ना नागरिक, व्यवसाय र अन्य सरोकारवालाहरूसँगको अन्तरक्रिया गर्ने तरिकालाई रूपान्तरण गर्न डिजिटल प्रविधिहरू प्रयोग गर्ने समावेश गर्ने हो । अर्कोतर्फ, डिजिटल राष्ट्र भनेको यस्तो देश हो, जहाँ डिजिटल प्रविधिहरू समाज र दैनिक जीवनमा पूर्ण रूपमा एकीकृत हुन्छन् ।
डिजिटल सुरक्षाः साइबर सुरक्षा (डिजिटल सुरक्षा) एक राष्ट्रको लागि डिजिटल क्षमताहरुको एक महत्वपूर्ण इन्डिकेटर हो । साइबर सुरक्षा उपायहरू राष्ट्रको डिजिटल क्षमताहरूको रक्षा गर्न, आर्थिक वृद्धि, सामाजिक विकास र शासनको लागि डिजिटल प्रविधिहरूको सुरक्षित प्रयोग सुनिश्चित गर्न आवश्यक छ ।
“यो सम्मेलनले डिजिटल विकासका लागि आवश्यक पर्ने सबै सरोकारवाला निकायहरुको बिचमा एउटा साझा झमघट गराएर बृहत छलफलको आयोजना गर्ने लक्ष्य बोकेको छ । यो सम्मेलनमार्फत हामी एउटा निष्कर्ष निकालेर कर्णालीको विकासका लागि यो छलफल गर्दैछौँ । यो कन्क्लेभलाई भव्यताका साथ सफल पार्नका लागि फाल्गुन १७ र १८ गते सम्बन्धित सरोकारवाला, स्थानीय तह, शिक्षा क्षेत्र, सूचना प्रविधि क्षेत्रमा सम्बन्धित, निजी क्षेत्र, उद्योग वाणिज्य संघका प्रतिनिधि एवम जनता र दलहरूको सहभागितामा प्रदेशलाई डिजिटलाइजेसन गर्नेतर्फ छलफल आयोजना हुने भएको छ।”
Supported By
Digital Karnali Conclave 2024 is an initiative to incline all the concerned actors and stakeholders towards the vision of Digital Karnali Province.
977- 9851141348, 9858088377, 9801263604
© 2024 Digital Karnali